११ औ वर्ष गाठकाे अवसरमा मृगौला पिडित दंगाललाई आर्थिक सहयाेग

  •   काभ्रे
  •   २२ फाल्गुन २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

हातेमालाे युवा समाजकाे अध्यक्ष  एवम नेपाली काग्रेस काभ्रेका कार्यालय  सचिव युवा नेता  विनाेद तिमल्सिना  र  उनका धर्मपत्नी  सरस्वती तिमल्सिना खनालकाे ११ औ वर्ष गाठकाे अवसरमा बानेश्वरकाे आनन्द ईभेन्टमा एक कार्यक्रमका विच रामहरी बचाउ अभियानमा सहयाेग गरेका छन।

बेथानचोक गाउँपालिका २ काभ्रे निवासी रामहरि दङ्गालको दुबै मृगौलाले काम गर्न छोडेपछि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकी बिगत ७ महिना देखि अस्पतालको शैयामा छट्पटाइ रहनुभएको थियाे । उपचारका लागि पीडित दङ्गालको परिवारले उहाँको उपचारको सहयोगार्थ सार्वजनिक रूपमा आर्थिक सहयोगको अपील गर्नुभएको थियो।

उक्त अपिललाई निरंतरता दिदै  हाल आफ्नो कार्यको शिलसिलामा साइप्रसमा बस्दै आउनु भएकी  नेपाली काग्रेस जनसम्पर्क समिति साईप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले उक्त सहयोगको लागि अपिलको जानकारी पाएपछि आफ्नो क्षेत्रबाट सहयोगको लागी आर्थिक सङ्कलनको अभियान चलाउनु भएको थियो ।

उक्त सहयोगलाई साथ दिदै जागौं नेपाल अन्तर्राष्ट्रिय प्रवास समिती तथा विभिन्न देशका शाखा समिती लगायतका बिश्वका विभिन्न देशहरूमा रहनुभएका समाजसेवी,बौद्धिक महानुभाव ज्युहरुबाट मृगौला पीडितलाई आर्थिक सहयोग गर्न खुल्ला मनले स्वीकार गर्दै आर्थिक सङ्कलन अभियानमा साथ दिनुभएको थियो ।
विभिन्न क्षेत्रबाट सङ्कलित उक्त रकमलाई सहयोगी दाताहरूको सहयोग रकम र दाताहरूको नामावली सहित मिति २१ फागुन २०७७ का दिन अाफ्नाे विवाह वर्ष गाठकाे अवसरमा    विनाेद तिमल्सिना  हातबाट रामहरि दंगाललाई संकलित रकम  ९३ हजार  हजार ७ सय ८५  हस्तान्तरण गरिएकाे थियाे ।
उक्त कार्यक्रममा रामहरि बचाउ अभियान अन्तर्गत वेथानचोक २ का  अष्टमान तामाङले संकलन गर्नु भएको रकम १३ हजार ८ सय ५०  बेथानचाेक क्षेत्र सराेकार समाजका सल्लाहकार समाजसेवी मछिन्द्रकुमार लामाकाे हातबाट  दंगाललाई हस्तान्तरण गरिएकाे थियाे।

नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य, पुर्व मन्त्री तथा प्रतिनिधि सभा २ का सभापति कन्चन चन्द्र वादे ,वरिष्ठ पत्रकार परशु घिमिरे नेपाली काग्रेस काभ्रेका प्रवक्ता महेश पाैडेल ,नमराज तिमल्सिना ,राम तिमल्सिना ,मिठाराम बास्ताेला , लगायत अन्य महानुभावहरुको उपस्थितिमा मृगौला पीडित परिवार समक्ष रकम हस्तान्तरण गरिएकाे  हाे ।

पिडित रामहरी दंगालले  आर्थिक सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *