हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासगै आठौँ राष्ट्रिय पोशाक दिवस सम्पन्न

  •   काभ्रे
  •   १७ पुष २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रवारआठौँ राष्ट्रिय पोशाक दिवस मनाईएको हो । बि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको बताए

राष्ट्रिय पाेसाक दिवस २०७७ कार्यक्रम भिडियाे

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् ।

मेरो सान मेरो स्वाभिमान राष्ट्रिय पोसाक
संरक्षण महाअभियान राष्ट्र सुहाउँदो पोसाक
राष्ट्रिय पोसाक भुगोल सुहाउँदो पोसाक
राष्ट्रियताको पोसाक पहिरनको पहिचान
राष्ट्रिय पोसाक महा-अभियान

सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने पनि उनले बताए ।
यस दिन देश विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भागलिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *