हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ/सुनसरी

  •   काभ्रे
  •   १३ कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ

सुनसरी,कार्तिक १३ गते ।

सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन ।
यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाइ हिजो विहान १० बजे नियन्त्रणमा लिएको थियो।

यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 7.657 Made in India लेखिएको पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन १ थान समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *