सालकको खपेटा सहित दुई जनालाई कालिमाटी प्रहरीले पक्राउ

  •   काभ्रे
  •   २१ बैशाख २०७९, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

कालीमाटी प्रहरीद्वारा सालकको खपेटा सहित दुई जनालाई पक्राउ –

काठमाण्डौ महानगरपालीका वडा नं. १४ स्युचाटारको पुलबाट संरक्षित वन्यजन्तु सालकको खपेटासहित सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकोे छ । सालकको खपेटा बिक्रि गर्न खोजिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटाएका डिएसपी अनिलकुमार घिमिरे सहितको टोलीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला घर भई काठमाण्डौ बुढानीलकण्ठ बस्ने बर्ष ३४ को जयराम तामाङ र सोही जिल्ला घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ३२ को रबी तामाङ रहेको कालिमाटी प्रहरी वृत्तका प्रमुख डिएसपी अनिलकुमार घिमिरेले बताए ।

डिएसपी घिमिरेका अनुसार उनिहरुको साथबाट रातो रंगको जेव्रा झोलामा रहेको बन्य जन्तु सालकको खपेटा २ किलो ५४२ ग्राम, बागमती प्रदेश ०२-०३० प ६७५१ नम्बरको मोटरसाइकल र दुईवटा मोबाइल बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भईरहेको डिएसपी घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *