लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी:-राेनाल्डाे

  •   काभ्रे
  •   २२ जेष्ठ २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्

काठमाडौं – ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

मेस्सी अहिलेको एक नम्बर फुटबलर भएको र समाकालिन खेलाडीमा उनको जत्तिको प्रतिभा नभएको उनले बताएका छन् ।मेस्सीको जस्तो प्रतिभा हेर्न अरू २०/३० वर्ष लाग्नेसमेत उनले बताएका छन् ।
रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो, नेयमारलगायतका अरू चर्चामा रहेका खेलाडी भने टप फाइभभित्र पर्ने बताए ।
यस्तै मोहमद सलाह, इडेन हाजार्ड र केलियन एमबाप्पे पनि शीर्ष पाँचमा रहेको उनको दाबी छ ।विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयदेखि बिवाद रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *