लागू औषध (ब्राउनसुगर) विक्रि वितरण गर्ने २ महिला पक्राउ/सुर्खेत

  •   काभ्रे
  •   १४ पुष २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

लागू औषध (ब्राउनसुगर) विक्रि वितरण गर्ने २ महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे प्रहरी निरिक्षक गाेपाल रायमाझी सहितकाे टाेलीले सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ की शान्ति सिंह र कौशिला सिंहले लागु औषध (ब्राउनसुगर) बिक्रि बितरण समेतको कारोबार गर्दै आएको भन्ने बिशेष सूचनाको आधारमा पक्राउ गरेकाे हाे ।

शान्ति सिंहको घरमा खानतलासी गर्ने जाने क्रममा लुकाई छिपाई राखेको १४ ग्राम ९७० मिलीग्राम लागु औषध (ब्राउनसुगर) जस्तो पदार्थ र नेपाली बिभिन्न दरको नोट गरी जम्मा रु. २१,५००।– (एक्काईस हजार पाँच सय) बरामद गरी लागु औषध (ब्राउनसुगर) को कारोबारमा संलग्न शान्ति सिंह र कौशिला सिंहलाई समेत सोही स्थानबाट पक्राउ गरिएकाे हाे

अभियुक्तलाई लागु औषध (ब्राउनसुगर) खरिद, ओसारपसार, सञ्चय तथा बिक्रि बितरण गरेको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निरक्षक रायमाझीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *