मोटरसाईकल चोरी गर्ने ट्राफिक महाशाखाको नियन्त्रणमा”

  •   काभ्रे
  •   २१ चैत्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

मोटरसाईकल चोरी गर्ने ट्राफिक महाशाखाको नियन्त्रणमा”

, काठमाडौं ।

मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले आज नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौ, शखरापुर न.पा.–६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा९५प७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा साँगाचोकगढी-६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएका मोटरसाइकल यहि पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको भनी ललितपुर बस्ने सुजित महर्जनले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *