मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ”

  •   काभ्रे
  •   २० पुष २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

“मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ”

पुस २०, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाईकल मिति २०७६।०५।०६ गते काठमाण्डौ ठमेल स्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।

त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्‍वर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७७।०८।१४ गते काठमाण्डौ बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि राम कृष्ण ढकालले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।
महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *