“मैले बोलेको छैन ढाँटेर”को म्युजिक भिडियो ट्रेडिङमा

  •   काभ्रे
  •   १० असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं /

सफल संगीतकार अर्जुन पोखरेलको संगीत, शब्द, र संगीत संयोजन मा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत “मैले बोलेको छैन ढाँटेर…”को म्युजिक भिडियो ट्रेडिङमा उकालाे लाग्ने क्रममा छ ।

नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार रिलिज गरीएको हो । द डिभाईन म्युजिक र नेपसिनेको मा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो ।लामा नेपाल आईडलका बिजेता समेत हुन भने काफ्ले यस अघि धेरै सुपरहिट गीतहरुमा स्वर दिईसकेका छन् । यस्तै अस्मिता अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन । उनले यसअघि केही हिट गीतहरुमा स्वर दिईसकेकी छिन् । युवट्युवबाट चर्चित बनेकी गायिका समिक्षा अधिकारीको पनि गीतमा दमदार स्वर तथा अभिनय रहेको छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । उनले यस अघि पनि निरन्तर रुपमा धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन् । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए ।यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकास दाहालको रहेको छ ।

भिडियाे यहाँ हेर्नुहाेला:-

गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीत र यसको भिडियो युवट्युव र टिकटकमा यति बेला चर्चामा छ । भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । गीतलाई राम्रो बनाउन संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *