मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जित्न सफल

  •   काभ्रे
  •   २६ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौ। १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा दिल्ली क्यापिट्ल्सलाई जित्दै मुम्बई इन्डियन्सले आईपीएल इतिहासमा पाँचौ पटक फाइनल जितेको छ ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे।

इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे। ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १५७ रनको चुनौती दिएको थियो । दिल्लीको सुरुवात राम्रो भएन । दिल्लीको तीन ओभरमा तीन विकेट झरेको थियो।

साविक विजेता मुम्बई इन्डियन्सलाई पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिट्ल्सले सात विकेटको क्षतिमा १५७ रनको चुनौती दिएको हो

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरे पनि तीन ओभरपछि सम्हालिएर ब्याटिङ गर्यो। दिल्लीले तीन ओभर खेल्दा तीन विकेट गुमाइसकेको थियो। पूरै २० ओभर खेल्दै दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको हो।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मार्कस स्टोइनिस पहिलो बलमै आउट भए। त्यसैगरी दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए।

पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए। दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। त्यसैगरी दिल्लीका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरे पछि दिल्ली धर्मराएको थियो।

सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस अयर र रिसभ पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासे । पन्तले ३८ बलमा ५६ रन बनाए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली पहिलो पटक फाइनल पुगेको हो । सन्दीपले यस सिजनको कुनै पनि खेलमा मैदान उत्रन पाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *