भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई एसपीकाे निलम्बन फुकुवा गर्न सिफारिस

  •   काभ्रे
  •   २४ बैशाख २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

एसपीको निलम्बन फुकुवा गर्न सिफारिस

काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।प्रहरी प्रधान कार्यालयले दुई एसपीको ५ ग्रेड तलव घटुवा गरेको छ । इन्सपेक्टर चौरसियाको चार ग्रेड तलब घटुवा गरिएको छ ।प्रहरी नियमावली–०७१ को नियम (११२) अनुसार अनुशासनहीन काम गरेमा, आदेश नमानेमा, बिनाकारण कार्यालयमा अनुपस्थित भएमा र लापरवाही गरेमा ग्रेड घटुवा गर्न मिल्ने व्यवस्था छ ।

प्रहरीले नियमावलीले भ्रष्टाचार गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको छ । तर, प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सामान्य कारवाही गरेर बिहीबार सेवामा फिर्ता गर्नका लागी गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *