भगवान अधिकारीकाे समन्वयमा बेथानचोक गाउँपालिकामा औषधि सामाग्री हस्तान्तरण

  •   काभ्रे
  •   ४ असार २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाली कांग्रेसका युबा नेता भगवान अधिकारीकाे समन्वयमा काभ्रेको बेथानचोक गाउँपालिकाका ६ वटै वडाका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई संचालक रहेको औषधि कम्पनीले बजारमा अति सर्टेज औषधिहरु उपलब्ध गराएको हो ।
करिब ५ सय व्यक्तिका लागि सुगर फ्री भिटामिन बी कम्प्लेक्स ,जुकाको औषधि अल्डोज ,सिटामोल ,एन्टिबायोटिक ,रुघाखोकीको औषधि सामाग्री गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएको हाे ।

sdr

नेपाली कांग्रेस स्थानीय तह समन्वय केन्द्रीय बिभाग सदस्य भुवन खड्का (रामेछाप ) वडा -२अध्यक्ष भगवान घिमिरे ,३का दिलबहादुर श्रेष्ठ ,४का लालबहादुर श्रेष्ठ ,समाजसेवी राजेश तिमल्सिना ,मोटप्रसाद सापकोटा ,बिनोद तिमल्सिना ,डिगमान लामा,उत्तम अधिकारी ,कुमार घिमिरे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
स्वस्थ्य शाखा प्रमुख प्रमोद तिमल्सिना ,दुर्गा पोखरेलकाे टिमले सबै वडाका स्वास्थ्य कार्यलयमा उपलब्ध भएकाे औषधि सामाग्री तत्काल पुर्याउने बताएका छन् ।

बेथानचाेक गाउपालिकामा आवश्यकता अनुसार औषधि सामाग्री सहयोग गर्न तयार रहेको भक्तपुरका नेता भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *