बेथानचोक गाउँपालिकाकाे ५२ करोड ५१ लाख बराबरको अनुमानित बजेट सार्वजनिक

  •   काभ्रे
  •   १० असार २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares
फाेटाे फाईल :-अनुमानीत वार्षिक बजेट

काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले  अनुमानित ५२ करोड ५१ लाख बराबरको बजेट  नवाै गाउँ सभामा पेश गरेकाे  छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५२ करोड ५१ लाख ४२ हजार ५१५ रुपैयाँको बजेट ल्याएको हो।
बेथानचाेकका ६ वटा वडागत अनुमानीत व्याय सिमा  ५ कराेड  रहेकाे छ भने   शाखागत अनुमानित व्यय सिमा ५ कराेड ५५ लाख बराबर रहेकाे छ।

गाउँपालिकाले आन्तरीक स्रोतबाट ११ करोड ,संघिय समिकरणमार्फत ८ करोड ३४ लाख, संघिय राजस्व बाँडफाँडमार्फत ५ करोड ९७ लाख १० हजार, संघिय राजस्व सशर्त मार्फत १८ करोड ३६ लाख आम्दानी हुने अनुमान गरेको छ ।

फाेटाे फाईल :- बजेट व्याय सिमा

त्यस्तै प्रदेश समपुरक अन्तर्गत २ कराेड ९९ लाख ५५ हजार रहेकाे छ भने प्रदेश राजस्व वांडफाड अन्तर्गत १ कराेड ४३ लाख ८० हजार ५ सय १५ रहेकाे छ भने प्रदेश सर्शतमा १ कराेड ४७ लनख २२ हजार ,प्रदेश समानिकरणमा ६६ लाख ७५ हजार ,अल्या (अघिल्लो वर्षकाे ल्याएकाे ) २ कराेड  बराबरकाे बार्षिक बजेट अनुमान गरिएकाे बेथानचाेक गाउपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनु भयाे ।

बेथानगाउपालिका प्रमुख प्रेम बहादुर तिमल्सिनाले नीति तथा  कार्यक्रम प्रस्तुत गरेको नवौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष सरीता लामिछानेले अनुमानीत र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । 

उक्त कार्यक्रममा गाउसभाका सदस्य ,शिक्षक ,पत्रकार ,सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *