बेथानचोकका १२४ किसानलाई अनुदानमा हातेट्याक्टर

  •   काभ्रे
  •   २९ असार २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

बेथानचोकका १२४ किसानलाई अनुदानमा हातेट्याक्टर

ढुंर्खक ÷ काभ्रेको बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । वडास्तरबाट आएका १२४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिच्छाने, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा न १ का वडा अध्यक्ष सोमनाथ घिमिरे, वडा न २ का अध्यक्ष भगवान घिमिरे, वडा न३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा न ५ का अध्यक्ष खञ्चाजी लामा, वडा न ६ का अध्यक्ष विष्णु मोक्तान लगायतको किसानलाई हाते टयाक्टर वितरण गर्नुभएको हो ।

बेथानचोक गाउँपालिका कृषि शाखाका प्रमुख दीपक उपाध्यायका अनुसार १२४ हातेट्याक्टर मध्ये वडा न १ मा १५, वडा न २ मा १७, वडा न ३ मा २०, वडा न ४ मा २३, वडा न ५ मा २० र वडा न ६ मा १२ किसानलाई वितरण गरिएको छ ।
त्यस्तै पालिकाले पावर स्प्रेयर र प्लाष्टिक टनेल पनि वितरण गरिरहेको जनाएको छ । प्लाष्टिक टनेल १०८ र पावर स्प्रेयर ९५ वटा ५० प्रतिशत अनुदानमा वितरण गरिने छ भने सुन्तोला र कागतीका विरुवा सतप्रतिशत अनुदानमा वितरण भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *