बसले जथाभावी भाडा असुल्न थालेपछि ट्राफिक प्रहरी निरिक्षक देवकोटा बसमा यात्रुसंग

  •   काभ्रे
  •   ५ श्रावण २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

निशेषज्ञा खुकुलाे भएसंगै सार्वजनिक यातायातमा जाेरविजाेर प्रणाली हटेकाे सबैमा सर्वविदितै छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थको मृल्यवृद्धि भएसंगै समायाेजनका क्रममा नेपालमा पनि त्यसकाे असर परेकाे देखिन्छ ।गत साताकाे निर्णयअनुसार सरकारले भाडादरमा २८ प्रतिशतले वृद्धि गरे संगै यात्रुहरू ठुलाे मारमा परेकाे देखिन्छ।

भाडा बढेको भन्दै काठमाडौका विभिन्न रुटमा संचालन हुने सार्वजनिक सवारीसाधनले जथाभावी भाडा असुल्न थालेपछि ट्राफिक प्रहरीकाे चासाे सार्वजनिक सवारिसाधनमा परेकाे छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका ट्राफिक प्रहरी निरिक्षक  (इन्स्पेक्टर )रामकृष्ण देवकोटाले   यात्रुसँग भाडाकाे विषयमा के कति भनेर बसभित्र पुगेर साेधपुध गर्छन् ।

ट्राफिक नियम तथा पिडित भए गुनासो कहाँ भन्ने विषयमा समेत ट्राफिक प्रहरीले यात्रुलाई जानकारी गराउने गरेकाे निरिक्षक देवकोटाले बताए ।

अहिले उपत्यकाका ठाउँ ठाउँमा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।तोकिए भन्दा बढी भाडा लिए महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न समेत ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

भाडा बढेको भन्दै काठमाडौका विभिन्न रुटमा संचालन हुने सार्वजनिक सवारीसाधनले जथाभावी भाडा असुल्न थालेपछि ट्राफिक महाशाखाको निर्देशनमा उपत्यकाका विभिन्न ठाउँमा साधा तथा पाेशाकका ट्राफिक प्रहरीले विषेश निग्रानी सुरु गरेका छन् । सार्वजनिक यातायाताले मनोमानी भाडा लिएको गुनासो धेरै आएपछि प्रहरीले अनुगमनलाई तिब्रता दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले  जनचेतनामूलक अभियानहरू सँगै विभिन्न टिम बनाएर भाडा दर बढि लिने सवारीसाधनलाई निग्रानी गरिरहेको बताए ।भट्टराईका अनुसार यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि स्थानीय रुटमा भाडा बढाएको हाेइन ।तर व्यवसायीले राजधानीमै मनोमानी ढंगले बढि भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले ठाउँकाे ठाउँ समाउने र मुद्दा समेत चलाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *