बनेपा नगरपालिकाकाे मेयरकाे लागि स्वतन्त्र उम्मेदवारीमा राजानन्द माणडव्य

  •   काभ्रे
  •   ११ बैशाख २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनकाे लागि सामाजिक अभियान्ताका रूपमा परिचित राजानन्द माणडव्यले काभ्रे जिल्लाकाे बनेपा नगरपालिकाकाे मेयरकाे लागि स्वतन्त्र उम्मेदवारीमा आज ११ :-३०मा मनाेनयन दर्ता गर्ने भएका छन ।

स्थानीय तह दलीय मुक्त भएमा मात्र विकास सम्भव हुने धारणसहित आगामी स्थानीय तहको निर्वाचनमा धेरै युवाहरुले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

जसमध्य अभियान्तका रुपमा परिचित राजानन्द माण्डव्य पनि एक हुन । काठमाडौंलाई कर्मस्थलो बनाएका माण्डव्यले आफ्नै जन्मस्थलो बनेपा नगरपालिकाबाट मेयर पदको दाबेदार गरेका छन् ।

सामाजिक, सांस्कृति अभियन्ताको छवि बनाएका ३४ वर्षीय माण्डव्यले स्वतन्त्र मेयर उम्मेद्वारी घोषणा गरी राजनीतिक यात्रा सुरु गरेका छन् । उनले नगर विकासको प्रतिबद्धतासहितको २५ बुँदे घोषणापत्र पनि जारी गरिसके । जारी प्रतिबद्धतामा एक नगर एक एम्बुलेन्स, दमकल र शवबाहन, जनताको लगानीः जनताको मुनाफा, एक गाउँः एक उद्योग, एक घरः एक रोजगारीलगायतका विषयलाई समेटिएको छ ।

यस्तै, सरकारी विद्यालयमा मन्टेश्वरी शिक्षा सुरु गर्ने, तरकारी पकेट क्षेत्र नालामा सुविधा सम्पन्न कोल्ड स्टोर निर्माण गर्ने, प्रविधिमैत्री सुशासन प्रणाली बनाउने उनको प्रमुख लक्ष्य छ ।

अभियन्ताबाट राजनीतिमा

विगत १० वर्षदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डा अभियान सञ्चालन गर्दै आएका माण्डव्य राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालका संस्थापक समेत हुन् । उनले राष्ट्रिय पोशाकको जर्गना गर्नका लागि काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय पोशाक घर समेत सञ्चालन गर्दै आइरहेका छन् ।

लामो समयदेखि सामाजिक तथा धार्मिक कार्यमा समेत सक्रिय रहेका माण्डव्यलाई राजनीतिमा नआएको भए हुन्थ्यो भने धेरै थिए । तर, समाज बनाउनका लागि सबैभन्दा पहिलो मेरुदण्ड राजनीति रहेका महसुस भएकाले उनी चुनावी माहोलमा होमिएका छन् ।

लामो समय सामाजिक अभियन्ता भएर समाजलाई परिवर्तन गर्ने काम गरिरहँदा जति संघर्ष ग¥यौं त्यो त बालुवामा पानी खनाए जस्तो भएको बताउँदै उनले भने,“सडकमा आन्दोलन गरेर जनतालाई जनचेतना जगाएर मात्र पुग्दो रहेनछ । त्यसका लागि त्यसैगरी नीति नियम बनाउनु पर्दो रहेछ, कार्ययोजना बनाउनु पर्दो रहेछ । अनि मात्र हुन्छ भन्ने महसुश भयो ।”

तला बसेर एक्लै गाली गरेर नहुने रहेछ । प्रशासनिक पदमा बसेर नीति, नियम, योजना बनाएपछि मात्र समाजलाई परिवर्तन गर्न सकिने भएकाले आफूले उम्मेद्वारी घोषणा गरेको उनको तर्क छ ।

सामाजिक कार्य गरिरहँदा अव्यवस्थित फोहोरमैला, सहरीकरण, बजारीकरण, पार्किङ्ग देख्दा उनलाई माटोको चिन्ता लाग्थ्यो । आफू विदेश नघुमेको भएपनि देश त यस्तो बन्नुपर्छ भन्ने सोच पहिलेदेखि नै आउने गरेको उनले नारदमलाई बताए ।

बनेपा नगरपालिकामा उनले निम्नवर्गका व्यक्तिहरुका लागि घर बनाउनेदेखि लिएर संस्कृति, परम्परा जोगाउने सम्मका अभियान चलाउँदै आएका छन् । उनकै सक्रियतामा विगत १० वर्षदेखि पुस १७ गते राष्ट्रिय पेशाक दिवस मनाईंदै आइरहेको छ । समाजमा भएका विकृति, विसंगतीका विरोधमा आवाज उठाउने माण्डव्य समाजमा आफैले परिवर्तन ल्याउनु पर्छ भन्ने सोच राख्छन् ।

स्वतन्त्र रुपमा आउँदा दलगत स्वार्थ हुँदैन

माण्डव्यको परिचय सांस्कृतिक, सामाजिक अभियन्तामा मात्र सीमित छैन । उनी स्मार्ट पालिकाका सह–संस्थापक समेत हुन् । वि.सं. २०७५ सालदेखि स्मार्ट पालिकामार्फत सहकार्य गरेर सयभन्दा बढी स्थानीय तहलाई प्रविधिमैत्री बनाएका छन् । स्थानीय तहलाई प्रविधिमैत्री बनाउँदै हिँडेका माण्डव्यले कामको शिलशिलामा स्थानीय तहका कर्मचारीले गरेको भष्ट्रचारलाई आफूले नजिकबाट देखेको बताउँछन् ।

सरकारी कर्मचारीले काम गरिदिएबापत मुनाफा खोज्ने बताउँदै उनी भन्छन्,“जनताको लगानी जनताका लागि खर्च गर्नुको साट्टो, सरकारी कर्मचारीले लिने, दल र पार्टीका लागि छुटाउने गरेको पाइयो ।”

स्थानीय तहसँग काम गरिरहँदा दलगत स्वार्थ हेरेर, पार्टी हरेर काम गर्ने गरेको अनुभव सुनाउँदै माण्डव्य भन्छन्,“स्वतन्त्र रुपमा आउँदा दलगत स्वार्थ हुँदैन, पार्टीगत स्वार्थ हुँदैन । म दलगत स्वार्थभन्दा माथि हुन्छु ।” स्थानीय तहलाई दलिय मुक्त बनाउन आवश्यक रहेको उनले जोड दिए ।

स्थानीय सरकारसँग स्थानीय तहको विकास निर्माण र जनतालाई आवश्यक सेवा सुविधा दिन सक्ने पुग्ने पैसा छ । तर, विनियोजन गरेको बजेट आधाभन्दा बढी त हिनामिना हुने गरेको समेत उनको दाबी छ । स्थानीय तहमा आर्थिक हिनामिना, शक्तिको दुरुपयोग, दलिय स्वार्थ, पक्ष प्रतिपक्ष, बजेटमा बाइकट गर्ने जस्ता कार्यको असर सिधै आमजनतामा परेको उनको भनाइ छ ।

“चुनाव जित्नु वा हार्नु बेग्लै कुरा हो । मैले योजनाहरु बनाएको छु । मैले बनाएका कुनैपनि योजनाहरु महत्वाकाङ्क्षी छैन । सबै योजना किसान, कृषि, गरिब, निम्न वर्गका लागि बनाएको छुु”, उनले भने, “बनेपाको मूल अर्थतन्त्र कृषिसँग सम्बन्धित छ । मेरो पाँच वर्ष किसान र कृषिलाई बचाउनका लागि हुनेछ ।”

उनी थप्छन्, “कृषि पहिलो मुद्दा, किसान पहिलो जिम्मेवारी ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *