प्रहरी नायव उपरीक्षक हरि खतिवडा असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित

  •   काभ्रे
  •   ६ श्रावण २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका प्रहरी नायव उपरीक्षक हरि खतिवडा असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

काभ्रे बनेपा नगरपालिका वडा नम्बरं–७ अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्नको आरोपी पक्राउ गर्न र बिभिन्न कामहरुको प्रशंसनीय ढंगबाट सम्पादन गर्दै नतिजा दिन सफल भएको भन्दै
असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उनले गरेका कामको मुल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रकाश जङ्ग कार्कीद्धारा हस्ताक्षर गरिएको पत्र सहित प्रहरी नायव उपरीक्षक खतिवडालाई कार्यालयबाट २०७८ साल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडा (BEST PROVINCE POLICE OF THE MONTH)

जिल्ला प्रहरी कार्यालय काभे दरबन्दीका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै मिति २०७४।०२।२४ गते जिल्ला काभ्रे बनेपा न.पा. वडा-७ अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्न जि.रामेछाप उमाकुण्ड गा.पा.वडा नं.१ बस्ने वर्ष ४५ को दोर्जे शेर्पालाई ना. ४ च, ४०६९ नं.को माज्दा गाडी सहित मिति २०७४।०३।२५ गते पक्राउ गर्न सफल भएको, मिति २०७४।०३।०३ गते जि.का जिल्ला पाँचखाल न.पा. वडा-६ बस्ने माधव घिमिरेले आफ्नो श्रीमती तथा बर्ष ६ को छोरालाई हत्या गरी फरार भएको कर्तव्य ज्यान मुद्धामा सफल अनुसन्धान गर्न सफल भएको, वि.पि.राजमार्गको लासकोट र माम्ती खोलामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध सडक सुचारु गर्नुका साथै सोही समयमा जिल्ला खोटाङ बस्ने आशा राईले सवारी साधनमै नवजात शिशुको जन्म दिएकोमा निज र नवजात शिशुको जिविते उद्धार गरी धुलिखेल अस्पतालमा समयमै उपचारका लागी ल्याउन सफल भएको, कोरोना – माहामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग आवश्यक समन्वय गरी अक्सिजन उपलब्ध गराउनुका साथै स्वास्थ्य सामाग्रीहरुको व्यस्थापन लगायत प्रहरी परिचालनमा प्रभावकारी भुमिका निर्वाह गरेको साथै फरार अपराधी पक्राउ गर्ने Mission अन्तर्गत विभिन्न मुद्धाका ११ जना फरार प्रतिवादीहरुलाई असार महिनामा पक्राउ गरी सम्मानित अदालतमा पेश गर्न सफल भएको पदा निजबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निज प्र.ना.उ.हरि खतिवडालाई यस कार्यालयबाट २०७८ साल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषणा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *