प्रहरी कार्यालय काभ्रेमा आयोजित खेलकुद तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  •   काभ्रे
  •   १ बैशाख २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

०१, बैशाख २०७८

नयाँ वर्षको अवसरमा आयोजित खेलकुद तथा शुभकामना आदान प्रदान कार्यक्रम

      नव वर्ष २०७८ सालको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहतका प्रहरी कर्मचारीहरुको सहभागितामा  आयोजना गरिएको आन्तरिक टेवल टेनिस सिङगल, टेवल टेनिस डवल, प्रहरी अधिकृत तथा जवानहरुको मैत्रीपुर्ण भलिवल खेल र म्युजिकल चियर खेल प्रतियोगिताहरुको आयोजना गरी खेलकुद सम्पन्न भएकाे छ  । 

प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलकाे प्रमुख अातिथ्यता ,सशस्त्र प्रहरी वल नेपाल नं. १५ गण हेडक्वाटर पाचँखाल काभ्रेका स.प्र.उ कालिजङग गण धुलिखेलका सेनानिको बिशेष आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीकाे अध्यक्षता
खेलकुदमा बिजयी हुने खेलाडीहरुलाई पुरस्कार बितरण तथा नव वर्ष २०७८ काे शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएकाे सुचना अधिकारी प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनु भयाे ।

उक्त कार्यक्रममा प्रहरी उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने प्रमुख अतिथीबाट उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु प्रहरी नायव निरिक्षक बिष्णु बहादुर सापकोटा, प्रहरी हवल्दार . कृष्ण बहादुर तामाङ्ग, प्रहरी हवल्दार . रिता तामाङ्ग लामा, प्रहरी जवान कुमार भण्डारी र सिद्ध रोक्कालाई नगद पुरस्कार वितरण गरिएको थियाे ।

त्यस्तै टेवल टेनिस सिङगल तर्फ प्रथम प्रहरी जवान राम खत्री, द्धितिय प्रहरी जवान रामहरि भण्डारी, तृतिय प्रहरी हवल्दार रामभक्त श्रेष्ठ, टेवल टेनिस डवल तर्फ प्रथम प्र.ह. कृष्ण बहादुर भण्डारी र प्र.ज. कविराज आचार्य, द्धितिय प्रहरी नायव निरिक्षक बिष्णु बहादुर सापकोटा र प्र.ज. भान सिंह धामी, तृतिय प्र.ह. भगवान अधिकारी र टोप बहादुर घर्ति, प्रहरी अधिकृत तथा जवानहरुको मैत्रीपुर्ण भलिवल खेलमा बिजयी कृष्ण बहादुर भण्डारी, रामहरी भण्डारी, कविराज आचार्य, टोप बहादुर घर्ति, पदम राना, झबिन्द्र परियार, बिर बहादुर तामाङ्ग, नारायण सार्की र म्युजिकल चियर खेल प्रतियोगितामा प्रथम हुने प्र.ना.नि. सिता श्रेष्ठ सहित बिजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र बितरण तथा शुभकामना आदान प्रदान पश्चात कार्यक्रम समापन गरिएकाे सुचना अधिकारी खतिवडाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *