“कस्तुरीको विना सहित पक्राउ ”
प्रतिबन्धित कस्तुरीको विना अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा काठमाडौं जिल्ला दरबारमार्ग सालिकचाेकबाट २ जनालाई अपराध महाशाखाकाे विशेष टाेलीले पक्राउ गरेकाे छ ।
काभ्रेपलाञ्चाेक जिल्ला पाचखाल नगरपालिका वडा नं ८ चिसापानी घर भई हाल काठमाडौं बस्दै अाएका ३९ वर्षिया पासङ लामा र ३६ वर्षका रामकुमार लामालाई २७ ग्राम भएकाे प्रतिवन्धित विना १ थान र ४ वटा माेवाईल सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाे व्यक्तिलाई अावश्यक अनुसन्धानकाे लागि अपराध महाशाखा लगिएकाे प्रहरीले बताएकाे छ।