पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टिमको लागि १ सय गोल पुरा

  •   काभ्रे
  •   २४ भाद्र २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टिमको लागि १ सय गोल पुरा गरेको छ ।

भाद्र २४ गते

बुधबार युरोपियन नेशन्स लिग अन्तर्गत स्वीडेन विरुद्धको खेलमा ४५औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेर राष्ट्रिय टिमबाट १०० गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका लागि पहिलो खेलाडी भएपनि विश्वका लागि आफ्नो राष्ट्रिय टिमका लागि गोल गर्ने खेलाडीमा दोेस्रो स्थानमा रहेका छन् – क्रिस्टियानो रोनाल्डो । यसअघि इरानका अली डाईले १०० गोल पुरा गरेका हुन् भने उनले राष्ट्रिय टिमबाट १०९ गोल गरेका छन् । यससँगै अब क्रिस्टियानो रोनाल्डोले उक्त १०९ गोलको रेकर्ड तोड्न सक्ने सम्भावना बलियो छ ।

स्वीडेन विरुद्धको खेलमा ७२औं मिनेटमा गोलगर्दै उनले १०१ गोल पु¥याएका छन् । उनले अन्तराष्ट्रिय खेल जगतमा १०० गोल पुराउँदा ६ पटक ह्याट्रिक गरेका छन् भने युरोपियन च्याम्पियनमा ३१ र विश्वकप छनौटमा ३० गोल गरेका छन् ।

रोनाल्डो भन्दा पछाडि आफ्नो राष्ट्रिय टिमका लागि गोल गर्ने खेलाडीमा भारतका सुनिल क्षेत्रीले ७२ गोल गरेका छन् भने अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *