पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलमा इङ्ल्यान्ड तीन विकेटले विजयी

  •   काभ्रे
  •   २५ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

एजेन्सी श्रावण २५ गते

पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलमा इङ्ल्यान्ड तीन विकेटले विजयी भएको छ । पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इङ्ल्यान्डले ८२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डको जितका लागि विकेटकिपर ब्याट्सम्यान जोस बुट्लर र क्रिस वोक्सले अर्धशतकिय पारी खेले । वोक्सले १० चौकाको मद्दतमा ८४ रनमा अविजित रहे ।
त्यस्तै बुट्लरले सात चौका र एक छक्का प्रहार गर्दै ७५ रनमा पेभेलियन फर्किए । एक समय संकटमा पुगेको इङ्ल्यान्डको पारी वोक्स र बुट्लरले १३९ रनको साझेदारी गर्दै सम्हालेका थिए । कप्तान जोए रूटले ४२ रनको योगदान दिदा डोम सिब्लिले ३६ र रोरी ब्रुन्सले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका लागि यसिर शाहले सर्वाधिक चार विकेट लिए । त्यस्तै नसिम शाह, मोहम्मद अब्वस र शाहिन अफ्रिदिले समान एक एक विकेट लिए ।

पहिलो इनिङ्मा ३२६ रन जोडेको पाकिस्तानले दोस्रो इनिङ्मा भने क्रिजमा टिक्न सकेन । दोस्रो इनिङमा पाकिस्तान १६९ रनमा अलआउट हुन पुगेको थियो । यता पहिलो इनिङमा २१९ रनमा अलआउट भएको इङ्ल्यान्डले दोस्रो इनिङमा भने सम्हालिएको ब्याटिङ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *