पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ

  •   काभ्रे
  •   ९ माघ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ

काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँसँगको टोलीले काठमाडौंको मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।
हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर  पाँचथर
पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले खबर न्युज नेपाल  लाई बताए ।
०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *