नेपाल प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” एसएसपी अशोक सिंह

  •   काभ्रे
  •   ३१ चैत्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

“नेपाल प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” एसएसपी अशोक सिंह

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, काली प्रसाद पराजुली ज्यू र महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह ज्युले राजधानीको प्रमुख प्रवेशद्वार नागढुंगाको अवलोकन गर्नुका साथै विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सचेतना अभिवृद्धि स्वरुप उक्त नाकाबाट सवारी साधन तथा पैदल मार्फत आवत जावत गर्ने यात्रीहरुलाई अन्दाजी २ हजार ५ सय थान माक्स वितरण गरिएको छ ।

दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय प्रहरी परिसर टेकु
जिल्ला प्रशासन कार्यालय काठमाण्डौको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान आज राजधानीको प्रमुख प्रवेशद्वार नागढुंगाबाट थालेको काठमाडौं प्रहरी परिसरका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

“नेपाल प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको बताउँदै प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि शुरूवात गरिएको बताउनुभयो । उहाँले कोभिड १९ बाट उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *