नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा

  •   काभ्रे
  •   ५ फाल्गुन २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा

काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

तर प्रस्तावमा सहमति भने भइनसकेको बताइएकाे छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेर बिहीबारसम्ममा टुंग्याउने कांग्रेसकाे तयारी छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए।
यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *