नायक कुमार मोक्तान र नायिका सिताको ‘लानी धिनी’ मा प्रेम

  •   काभ्रे
  •   १३ कार्तिक २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

नायक कुमार मोक्तान र नायिका सिताको ‘लानी धिनी’ मा प्रेम

काठमाडौँ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट उक्त गीत सार्वजानिक गरेका छन ।

अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन ।

गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संगीत संयोजन, पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भिडियाे यहाँ हेर्नुहाेला :-

म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सिता लामाको अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियोलाई काभ्रे,सिन्धुली लगायतका रमनिय स्थलमा छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोलाई त्रिलोक लामाले छायांकन, सुर्य लामाले सम्पादन, निर्देशन, कलर, ड्रोन छायांकन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *