नवनियुक्त गृृहमन्त्रीबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

  •   काभ्रे
  •   २९ जेष्ठ २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

नवनियुक्त गृृहमन्त्रीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

काठमाडौं,
माननीय गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो ।

    त्यसअवसरमा गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९

महामारीमा नेपाल एपीएफ अस्पतालले पु¥याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत भएगरेका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराईएको थियो

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै उहाँहरुको योगदानको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको कदर गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल रहेको भन्दै उहाँले भुकम्प जस्ता महामारीमा साधनश्रोतको अभावकाबीच संगठनले गरेको कार्यको हृदयको गहिराहीबाट सम्मान प्रकट गर्न चाहन्छु ।’
गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनश्रोत, जनशक्ति र
बृत्तीविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोवलकासाथ कृयाशिल रहन निर्देशन दिनुभयो ।

उहाँले समायानुकुल राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताउनुभयो ।

गृहमन्त्री अधिकारीले सदियौदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा माननीय गृहमन्त्रीज्यूबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा बृद्धि भएको उल्लेख गर्नुहुँदै माननीय गृहमन्त्रीज्यूको १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडी बढिरहेको बताउनुभयो ।
महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशिल र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोला देखि सुदूर पश्चिमको छाङ्गरु तथा सुस्तादेखि
कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि ईमान्दार अनुशासित एवं व्यवसायिक रुपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्वार कार्यमा अहोरात्र परिचालन हुँदै अन्य संवद्व नियकाहरुसँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पुरा गर्दै आएको बताउनुभयो ।

उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *