नगरप्रमुखमा समाजसेवी एवं व्यवसायी चन्द्र प्रसाद ढकालले दाबी

  •   काभ्रे
  •   २८ चैत्र २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

आसन्न स्थानिय निकायकाे निर्वाचनमा नेपाली काग्रेंसबाट मण्डनदेउपुर नगरपालिकाको मेयर पदको उम्मेदवारीमा नेता समाजसेवी एवं व्यवसायी चन्द्र प्रसाद ढकालले दाबी गर्नुभएको छ ।

२०५२सालदेखि नेबिसंघको राजनीति मार्फत आफूलाई राजनीतिक कार्यकर्ताको रूपमा अघि सार्नुभएको ढकाल १४ वर्षको उमेरमै ने बि सघं तपेश्वर इकाई सभापति हुनु भएको थियो ।

ढकाल विभिन्न आन्दोलनमा जेल पर्दै दुई दशकदेखि अनवरत राजनीतिमा सक्रिय भई नेपाली काङ्ग्रेसले लिएको धारणालाई अङ्गालेर अगाडि बढ्दै २०५६ सालमा आर आर क्याम्पसको ने बि संघ इकाई समिति सदस्य हुनु भयो।२०५८ मा ने बि सघंको जिल्ला कार्यसमिति सदस्य र २०६३ सालमा ने बि सघंको केन्द्रीय विदेश विभाग सदस्य समेत हुनु भयो। ढकालले समाजमा आइपर्ने हरेक आपत् बिपतमा जस्तै भूकम्प,कोरोना जस्तो महामारीमा आफूले सकेको सहयोग गरेर आफूलाई एक कुशल समाजसेवी तुल्याउनु भएको छ।२०७४ सालमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य हुनु भएका ढकाल २०७८ सालमा नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित हुनु भयो।मण्डनदेउपुरमा एउटा छुट्टै पहिचान बनाउनुभएका ढकाल करिब दुई दशकदेखि राजनीतिक एवं सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ । पार्टी सङ्गठन बिस्तारदेखि विकास निर्माण एवं सामाजिक कार्यमा अग्रसर रहनुभएका ढकालले मण्डनदेउपुर नगरपालिकाको कुशल नेतृत्व गर्न सक्षम एवं प्रतिष्ठित व्यक्तिको रूपमा पहिचान बनाउनुभएको छ ।

यस्तै,उहाँबाहेक मण्डनदेउपुर नगरपालिका नगर प्रमुखमा नेपाली काङ्ग्रेसबाट निवर्तमान जिल्ला उप सभापति अच्युत प्रसाद पौडेल पनि बलियो दाबेदारमा देखिनु भएको छ ।
यस्तै, मण्डनदेउपुर नगरपालिका नेपाली काङ्ग्रेस नगर सभापति कश्यप प्रसाद पौडेल,जिल्ला उपसभापति ठाकुर प्रसाद न्यौपाने पनि मण्डनदेउपुर नगरपालिका नेपाली काङ्ग्रेसबाट नगर प्रमुखमा उम्मेदवारमा दाबी देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *