दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण”

  •   काभ्रे
  •   १५ माघ २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण”

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक कार्यालयको आयोजनामा ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम अन्तर्गत सात दिन सम्म नवलपरासी (पुर्व) को बिभिन्न स्थानमा संचालन हुने दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडक मै प्रशिक्षण कार्यक्रम सञ्चालन भएकाे छ ।

आज मिति २०७७।१०।१५ गते देखि माघ २२ सम्म रहने कावासोती न.पा.८ फलफुलचोकमा सडक प्रशिक्षण कार्यक्रममा नवलपरासी (पुर्ब) का प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पँगेनीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्ब) का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल र गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालको उपस्थिति रहेकाे थियाे ।
बढ्दाे सडक दुर्घटना नियन्त्रण गर्न र सडकमा सवारि साधनकाे गति नियन्त्रण गर्ने हेतुले दुईपाङ्ग्रे सवारि साधन चालक सडक प्रशिक्षण सञ्चालन गरिएकाे गण्डकी प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले बताउनु भयाे ।

स्थानिय पत्रकार, सरोकारवाला निकायका ब्यक्तिहरु, बिभिन्न सँघ संस्थाका प्रतिनिधि, मोटरसाईकल .चालकहरु गरी ७५ जनाको उपस्थितिमा “दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण” कार्यक्रमको समुद्‍घाटन गरी कार्यक्रमको शुभारम्भ गरिएको हाे ।कार्यक्रम सातदिन सम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *