दाङका प्रहरी उपरिक्षक गणेश चन्द र प्रहरी निरिक्षक झपेन्द्र परियारलाई प्रशासनको सम्मान

  •   काभ्रे
  •   ६ असार २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय प्रमुख एव प्रहरी उपरिक्षक गणेश चन्दलगायतका व्यक्तिहरुलाई सम्मानित गरेको छ ।

प्रहरी निरिक्षक काे प्रशंसापत्र
प्रहरी उपरीक्षककाे प्रशंसापत्र

जिल्ला प्रशासन कार्यालय दाङले आइतवार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक चन्द र प्रहरी निरिक्षक झपेन्द्र परियारलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन,लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै जिल्लामा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले सम्मान गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेललले प्रहरी निरिक्षक झपेन्द्र परियारलाई पनि कोरोना नियन्त्रण तथा शान्ति सुरक्षा स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेका थिए । प्रजिअ पौडेलले दुवै जनालाई नगदसहित प्रशंसापत्रले सम्मानित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *