डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

  •   काभ्रे
  •   १० आश्विन २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

भक्तपुर, २०७७ असोज १० गते

सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

अभियुक्तहरू

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

साथै २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका-९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका-२ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका-९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको उक्त परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *