जापानमा हुने ओलम्पिक खेलकाे नया तालिका सार्वजानिक

  •   काभ्रे
  •   ३० जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

जापान


एक वर्ष पछि धकेलिएको जापान ओलम्पिक–२०२१ सहज बनाउनका लागि आयोजकले विभिन्न पदाधिकारीसँग छलफल गरेको बताएको छ ।कोरोनाका कारण विश्व नै थलियो । हामी कुनै पनि हालतमा निर्धारित मिति सार्ने मनस्थितिमा थिएनौं । तर बाध्यता बन्यो । महामारी नै बनेर मान्छेको अगाडि खडा भयो । निस्तेज पार्नका लागि विश्वभरका मानिसले धेरै संघर्ष गर्नुपर्यो,’ अध्यक्ष बाचले भने, ‘हामी जापानका अधिकारीसँग नै हातेमालो गर्दै चुनौतीलाई पार गर्न चाहन्छौं । कठिन कामलाई कसरी हुन्छ घटाउँदै सहज वातावरणमा सम्पन्न गर्ने लक्ष्यसहित छलफल गरेका हौं ।’
यसअघि २०२० ओलम्पिक जुलाई २४ बाट आयोजना गर्ने तयारी भइरहेको थियो । तर मार्च महिनामा महामारी फैलिएसँगै तय भएको मितिमा प्रतियोगिता आयोजना हुन नसकेको हो । त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगिता ठीक एक वर्ष पछि धकेलेको हो । नयाँ तालिका अनुसार ओलम्पिक जुलाई २३ २०२१ बाट जापानमा नै हुनेछ
यस्तै टोकियो आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले बुधबार नै एक वर्ष पछि धकेलिएको ओलम्पिक खेल सफल रूपमा आयोजना गर्दै महामारीलाई जित्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *