छापाखानाका संचालकको हत्यामा संलग्न व्यक्ति १७ वर्ष पछी पक्राउ

  •   काभ्रे
  •   ३ कार्तिक २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

छापाखानाका संचालकको हत्यामा संलग्न व्यक्ति १७ वर्ष पछी पक्राउ :-

पुतलीसडक स्थित एकता प्रेश छापाखानाका संचालकको खिम बहादुर शिवाकोटीकाे हत्यामा संलग्न व्यक्ती शनि नरसिंह राणालाई प्रहरीले १७ वर्ष पछी पक्राउ गरेकाे छ ।

मिति २०६१/०९/२२ गते अंदाजी १६:०० वजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २८ पुतलीसडक स्थित एकता प्रेश छापाखानाका संचालक जिल्ला दोलखा साविक बोच गा.वि.स वडा नं. ७ हाल परिवर्तित भिमेश्वर न.पा वडा नं.८ घर हुने ३१वर्षका अर्जुन भन्ने खिम बहादुर शिवाकोटीलाई मोटरसाईकलमा आएका व्यक्तिहरुसंग पार्किङ्गको विषयमा सामान्य विवाद हुदाँ हेलमेट, फलामको रड र चिया पकाउने भाडो समेतले कुटपिट गरी शिवाकोटीलाई घाईते वनाई फरार भएका थिए ।

तत्काल घाईतेलाई उपचारको लागी विर अस्पताल लगिएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको थियाे ।
घटनामा संलग्न व्यक्तिहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बा १६ प ८६५४ नं.को बुलेट मोटरसाईकल आई कुटपिट गरेको भन्ने खुलेकोमा लामो समयदेखी अनुसन्धान गर्दै खोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये मिति २०७८/०६/१५ गते अंन्दाजश्र ०९:०० वजेको समयमा काठमाडौं महानगपालिका वडा नं. २६ मैह्पीवाट जिल्ला प्युठान साविक खलङ्गा गा.वि.स वडा नं. ७ हाल मल्लरानी गा.पा वडा नं.४ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ४ धुम्बाराही वस्ने ४१ वर्ष को शनी नरसिंह राणालाई नियन्त्रणमा लिईएकाे प्रहरी वृत्त सिहदरवारले बताएकाे छ ।

फरार प्रतिवादीहरु :–
१) बा १६ प८६५४ नं.को मोटरसाईकल धनी ईश्वरी राणा
२) जिल्ला गोरखा साविक छोप्राक गा.वि.स वडा नं. ५ हाल परिवर्तित सिरानाचोक गा.पा वडा नं. ५ घर हुने सानो धने भन्ने धन बहादुर गुरुङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *