चौरिदेउरालीको स्थानीय सरकारको जंगे शासनले जनता आजित

  •   काभ्रे
  •   १३ आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

चौरिदेउरालीको स्थानीय सरकारको जंगे शासनले जनता आजित

काभ्रे असाेज १३ गते

लोकतन्त्रिक गणतन्त्रात्मक संविधान भित्र रहेको संघियता कार्यन्वयनको चरणमा छ। हाल देशको शुसासन र बिकासको निमित्त तीन तहको सरकार सकृय छ। यो संविधान लागु भयपछि यो तीन तहको सरकारको पहिलो अभ्यास करिब ३४ देखि ४२ महिना सम्म भयसकेको छ। सिंहदरबार गाउँ गाउँमा भन्ने नारा सुनेका जनता बेथिति, बिसंगती र चरम भ्रष्टाचारको मारमा परेको भन्ने जनजनको गुनासो छ। जनता संग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार त हरेक ठाउँमा श्री ३ भन्दा कम छैन भन्छन् स्थानीय जनताहरू। अख्तियार दुरूपयोग रोक्ने निकायहरू रू १००० घुस लिएको अभियोगमा ४२ दिन हिरासतमा लिने तर राज्यको करोडौं दोहन गर्ने विरूद्ध किन मौन छन् बुझ्न नसकिएको कुरा भन्ने चर्चाले यतिबेला  बजार पाएको छ। स्थानीय सरकारको मनोमानी, बेथिति र लापर्वाहीको अनुगमन,नियमन गर्ने निकाय राज्यमा छ र? यदि छ भने किन मौन छन् भन्छन् काभ्रेपलाञ्चोक जिल्लाको जनताहरू।

चरम बेथितिको एक नमुना हो काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका

काभ्रे चौरी देउराली गाउ पालिका प्रमुख भएपछि अध्यक्ष दिनानाथ गौतमले  शक्तिको व्यापक दुरुपयोग गरेका गुनासो जनताको यो पहिलो गुनासो हैन । उनको कार्यकालमा बेथितिका थुप्रै उदाहरणहरू छन् तिनिहरू मध्ये केहि यस प्रकार छन्। केही बिषय पुर्व सचिव भिम उपाध्यायले फेसबुकमा पोष्ट गरेपछि आफुलाई चौरिदेउराली बासि भन्न पनि अप्ठ्यारो लागेको भन्नु हुन्छ नाम नभन्ने शर्तमा एक शिक्षक। भान्जा राजु चौलागाईं  लाई सरुवा गरेर अस्पताल प्रमुख, आफ्नो चालक यादव गौतमलाई उपभोक्ता समितिको अध्यक्ष,२१  दिने भेटेनरि तालिमवाला आफ्नो कार्यकर्ता  सहायक टंक प्रसाद चौलागाईं लाई  भेटनरि बिभाग प्रमुख, साथै निर्वाचन को समयमा निर्वाचन जिताउन सहयोग गरेका निर्वाचन अधिकृत महान दास लामा लाई प्रमुख कार्यकारी अधिकृत बनाएका छन । त्यतिमात्र हैन उनका जेठा छोरा द्वारा सरकारि गाडी दुरुपयोग गरेको पनि जनगुनासो भिडियो सहित प्राप्त भएको छ। ओभरसियर उपप्रमुखको छोरा लाई काम सुरु भै सकेपछि  समेर डि पि आर को नाममा लाखौं दिइएको छ। केही समय अघि मात्र रेडक्रसको एम्बुलेन्स दुरुपयोग गरि रक्सी बोकिएको खबर समेत नया पत्रीकामा प्रकाशित भएको थियो। पालिका अध्यक्षले चढने गाडीको इन्धनमा समेत मासिक लाख रुपैया भन्दा बढी खर्च भएको नाम उल्लेख नगर्ने सर्त मा एक कर्मचारीले बताए । अध्यक्ष र उपाध्यक्षले महँगो मोबाइल लिने गरेका छन कार्यालयमा प्रयोग गरिएका फर्निचर समेत बजार मूल्य भन्दा ३ गुना बढीमा खरिद गरिएको एक कर्मचारीले बताए। औषधि समेत बोलापत्र आह्वान नगरी आफन्तमार्फत खरिद गरिएको विशेष स्रोत बाट खबर प्राप्त भएको छ।
बिकास निर्माणका कार्यमा समेत व्यापक भ्रष्टाचारको जनगुनासो छ पालिका कार्यालय संगै टिनको पाताबाट बनेको ३ कोठाको अस्थायी प्रहरी कर्यालय बनाउन समेत २१६५००० खर्च गरिएको छ उक्त रकममा ४ कोठाको पक्की भवन नै बनाउन सकिने विभिन्न निर्माण व्यावसायी हरुले बताउदै आएका छ्न। अस्पताल निर्माणमा समेत ठेकेदार सङ मिलेमतो गरि तेस्रो ग्रेडको सिमेन्ट प्रयोग गरिएको प्रमाण फोटो सहित प्राप्त भएको छ।अधिकतम रु १० लाख ठेकेदारले गर्ने राजी भएको  बोरिङ समेत बढाएर रु २५ लाख लिएर गरिएको जनगुनासो छ। जनताको अभिमतको दुरूपयोग लाई रोक्न नागरिक स्तरबाट जनदवाव बढि रहेपनि यसको बेवास्ता गर्दा १० बर्षे जनयुद्ध भन्दा पनि पीडित भयको जनताहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *