ग्लाेवल र साग्रिला बैंकको ATM मेसिन ताेडि पैसा चाेर्न खाेज्ने भेष बहादुर पक्राउ

  •   काभ्रे
  •   १२ चैत्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

ATM तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ

ग्लाेवल आई.एम.ई बैक र सांग्रीला डेभलपमेन्ट बैंककाे ATM मेसिन ताेडेर पैसा चाेरी गर्न खाेज्ने भेष बहादुर थापालाई प्रहरीले पक्राउ गरेकाे छ ।

मिति २०७७ फाल्गुन २८ गते राती अन्दाजी १:३० बजेको समयमा जिल्ला ललितपुर महानगपालिमा .१४ खुमलटार स्थित रहेको ग्लोबल आई.एम.ई.बैंकको ATM र मिति २०७७ चैत्र ९ गते १० :२८ बजेको समयमा जिल्ला ललितपुर महानगरपालिका वडा नं.१४ बिशालचोक स्थित सांग्रीला डेभलपमेन्ट बैंकको ATM फुटाई पैसा चोरी गर्न खोज्ने गोरखा जिल्ला सिरानचोक गाउपालिका ५ घर भई ललितपुर च्यासल बस्ने ३०वर्षका भेष बहादुर थापालाई पक्राउ गरेकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयाे ।

विशेष सुचनाकाे अाधारमा मिति २०७७ चैत्र १० गते ललितपुर महानगरपालिका वडा नं.१४ ताल्छीखेल स्थित वर्कशपबाट घटनामा प्रयोगगरिएको बा ३५ प ६१५७ नम्बरको मोटर साईकल र हेलमेट सहित नियन्त्रणमा लिई चोरी उद्योग सम्बन्धी कसुरमा महानगरीय प्रहरी बृत सातदोबाटो बाट अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक महर्जनले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *