गुरु पूर्णिमामा दिवंगत नृत्य निर्देशकहरुकाे सम्झनामा दिप प्रज्वलन

  •   काभ्रे
  •   १० श्रावण २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

गुरु पूर्णिमामा दिवंगत नृत्य निर्देशकहरुकाे सम्झना

नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत नृत्य निर्देशकहरुकाे सम्झनामा दीप प्रज्वलन गरेकाे छ ।

गुरु पुर्णिमाकाे अवसरमा नृत्य निर्देशक संघ काभ्रेले ज्ञात अज्ञात नृत्य गुरुहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेकाे हाे । दिवंगत नृत्य गुरुले नेपाली कला र संस्कृतिमा पुर्‍याएकाे अतुलनीय याेगदानकाे कदर स्वरुप स्वर्गीय गुरुहरुकाे सम्झनामा नृत्य निर्देशक संघ काभ्रेले दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको हाे ।
यसरी नृत्य गुरुहरुलाई सम्झदै काभ्रे शाखाले गुरु पुर्णिमा मनाएको जिल्ला शाखाका सह सचिव रविनसन श्रेष्ठले जानकारी दिए । नृत्य निर्देशक संघले हरेक वर्ष गुरु पुर्णिमामा दिवंगत नृत्य गुरुहरुलाई सम्झदै दीप प्रज्वलन गर्दै अाएकाे छ ।
कार्यक्रममा संसथाका जिल्ला अध्यक्ष माेहन ताैजले, कलाकार निर्देशक अमरकृष्ण चन्द, नृत्य निर्देशक तथा कलाकारहरु रविनसन श्रेष्ठ, काजल श्रेष्ठ, कविता शाक्य, मनिषा भजेल, सिसम श्रेष्ठ, साेनिया शाक्य गृहिणी समुहका अध्यक्ष रिता श्रेष्ठ तथा पदाधिकारी एवम् जिल्लाका नृत्य निर्देशक तथा कलाकारहरुकाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *