गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भगवान अधिकारी र माओवादीकी तारा राना विजयी

  •   काभ्रे
  •   ६ जेष्ठ २०७९, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भगवान अधिकारी विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये ६ हजार १९ मत ल्याएर अधिकारी विजयी भएका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्व जिल्ला सभापतिका अधिकारीका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।

उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भइन् ।
निकटतम प्रतिस्पर्धी एमालेकी सरला लामिछाने (केसी) ले ३ हजार ५ सय ७३ मत प्राप्त गरिन् ।

६ वडा रहेको बेथानचोक गाउँपालिकाका ५ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं १मा मधुसूदन तिमल्सिना ले ९ मतले विजय प्राप्त गरे भने वडा नं२ मा पुरूषाेतम तिमल्सिनाले ४७ मतले एमालेलाई पछि पारी विजयी भएका हुन ।त्यस्तै वडा नं ३ मा कुबेर ढकालले १८२ मतले जितेका छ भन वडा ४ का कुष्ण बहादुर पाख्रिनले ५७९ मतले विजय हासिल गरेका हुन। वडा नं ५ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा निर्वाचित भएका छन् । त्यस्तै वडा नं ६ का विष्ण माेक्तानले३२० मतकाे अग्रताले विजयी भएका हुन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछानेसहित ६ वडाका ३२ जनामध्ये ३१ जना नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *