खै कस्ले बुझ्ने सधै २४ सौँ घण्टा सडकमा रहने तल्लो दर्जा प्रहरीको पिडा ?

  •   काभ्रे
  •   १५ जेष्ठ २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

खै कस्ले बुझ्ने सधै २४ सौँ घण्टा सडकमा रहने तल्लो दर्जा प्रहरीको पिडा ???  न कुनै राम्रो सुविधा छ ।

सधैं देश र जनताको सुरक्षामा दिन,रात,घाम, पानी नभनी आफ्नो डिउटी ईमानदारिका साथ निभाउने नेपाल प्रहरीकोरोना नियन्त्रण तथा रोकथामका लागि दैनिक १८ देखि २० घण्टासम्म खटिएका छन् ।

प्रहरी जवान, हवल्दारको त्यही दर्जा नै आफ्नो जोखीम व्यहोरेर संक्रमीतको आशंका भएको व्यक्ति खोज्ने देखि लक डाउन कार्यान्वयन गर्न दिन रात खटेका छन्, तर पानी र खाजा समेत खान नपाएको सामाचार आईरहेका छन्, यस्तो कार्यमा प्रत्येक वडामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी परिचालीत गरीनु पर्ने हो तर प्राय सवै घरमै बसेको देखिन्छ । तर यस विपत्ति लाई रोकथाम गर्न चालिने काममा आएका बजेट उनिहरुकै हातमा जाने हुँदा के कति कसरी खर्च भएको छ वा बिल मात्र मिलाउने गरीएको छ, त्यो गम्भिर अनुसन्धानको विषय बनाईनुपर्दछ । कतिपय ठुला अस्पतालले विरामी ज्वरो आएको भने पश्चात नहेर्ने गरेको सुनिएको छ, बिरामी पनि सर्वप्रथम उपाय नलागे पश्चात सम्पर्कमा आउने प्रहरी कहाँ नै हो । प्रहरी लाई कुनै सुरक्षा सामाग्री समेत उपलब्ध नगराई, त्यस्ता जोखिम पुर्ण काममा लगाउँदा उनिहरुलाई संक्रमण भए एकै पटक हजारौँ सुरक्षाकर्मी थला पर्ने छन्, त्यतीखेर राज्य मुकदर्शक बन्नु बाहेक अर्को विकल्प रहने छैन ।

तसर्थ यस्ता कुरा बेलामा सचेत र सतर्क रहनु पर्ने हुन्छ किनकि यो महामारी प्रहरीले बन्दुकबाट वा बल प्रयोग गरेर नियन्त्रण गरिने होईन । यसमा स्थानीय तह, जनप्रतिनिधि सबैले सचेतना फैलाउनु जरुरी देखिन्छ, सक्षम नागरीक जथाभावी हिँडडुल गर्नू जनप्रतिनिधिको कमजोरी हो, मात्र प्रहरीले सचेतना फैलाउने, माईकिङ गर्ने र संक्रमितको खोजी गरेको देखिन्छ ।

यस्तो जोखिम मोलेर कुनै थप सेवा सुविधा बिना सडकमा २४ सौँ घण्टा डिउटीमा रहने तल्लो दर्जाको प्रहरी लाई थप सुविधा दिनुको साटो बिदा समेत उपलब्ध गराउने पर्ने ठाउँमा बिदा समेत नदिईनु र बिदा वापतको रकम समेत काटिनु के न्यायोचित हो  ?

दिनमा ७ घण्टा काम गरेर बराबर तलब खाने निजामति कर्मचारीले १ घण्टा थप काम गर्दा तलवको बापत ओटि (O.T.) लिन्छन भने कतै जानु पर्दा भत्ता नलिई पाईलो चाल्दैनन् । मात्र रासन बापत ५ हजार दिएर राज्यले तल्लो तहका प्रहरी कर्मचारीको चरम शोषण गरेको छ यसको सुधार हुनु पर्दछ ।

जब उच्च मनोवलसहित सुरक्षा निकाय फिल्डमा खटिनेछ । तव मात्र संकटको सारथी बनीरहेको प्रहरीले तल्लो दर्जा उत्साह प्रदक रुपमा फिल्डमा खट्ने छ, त्यसैमा देशले अग्रगतिका पाईला सशक्त भई जनताले सही सेवा प्राप्त गर्ने छन् र सुशासन अनि समृद्धीको बाटो खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *