काेेेेेेेेेेेेराेनाबाट मृत्यु भएका सापकाेटाकाे परिवारलाई आर्थिक सहयाेग हस्तान्तरण

  •   काभ्रे
  •   ११ आश्विन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे असाेज ११ गते

समवेदना

काेराना भाईरसबाट   मृत्यु भएका काभ्रेपलाञ्चाेक जिल्ला पनाैती ३ कुसादेवि घर भई काठमाडौंकाे सनसिटि अपाटमेन्टमा प्राविधिककाे रूपमा  कार्यरत  शिवराम सापकाेटाकाे१३ औ पुण्यतिथिकाे अवसरमा सापकाेटाकाे परिवारलाई २ लाख १७ हजार ७ सय ६६   रूपैयाकाे आर्थिक सहयाेग तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली काग्रेस जिल्ला सभापति मधु आचार्यकाे आतिथ्यतामा चन्द्र ढकालकाे नेतृत्वमा  सनसिटि निवासी व्यक्तिहरूबाट संकलित २ लाख १७ हजार ७ सय ६६ रूपैया सनसिटिका कार्यकारी   प्रमुख राजेन्द्र बहादुर सिंहकाे  उपस्थितिमा    परिवारलाई हस्तान्तरण  गरिएकाे हाे ।

फाेटाे फाईल दृश्य / आर्थिक सहयाेग हस्तान्तरण

संकलित रकम सापकाेटाकाे श्रीमती र दुई  छाेरालाई  पनाैति नगरपालिका वडा नं३ मा रहेकाे  उनकै निवासमा गई हस्तान्तरण  गरिएकाे चन्द्र ढकालले बताउनु भयाे। ।सम्पुर्ण  सनसिटि निवासीकाे  तर्फबाट  परिवारमा हार्दिक समबेदना तथा स्वर्गीय शिवराम सापकाेटालाई श्रद्धाञ्जली  व्यक्त गरिएकाे थियाे  । 
कार्यक्रममा  पनाैति वडा नं  १,२,३   का नेपाली कांग्रेस कार्यकर्ताकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
नेपालमा काेराेना भाईरसकाे कारण अाज सम्म कुल ७३ हजार ३ सय ९४  संक्रमित छन ।५३ हजार ८ सय ९८ काेराेना जितेर घर फर्केका छन भने ४७७ जनाकाे मृत्यु भईसकेकाे छ । 

ads

ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *