कल्पना निरकमल सार्वजनिक

  •   काभ्रे
  •   १८ माघ २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कल्पना निरकमल सार्वजनिक

अमरकृष्ण चन्द

कमल दाहालले लाेकदाेहारी गायिका कल्पना दाहालसँग मिलेर तयार गरेकाे बिल्कुलै फरक स्वादकाे नयाँ लाेक दाेहारी गीत “कल्पना निरकमल”सार्वजनिक भएको छ ।

“कल्पना निरकमल” अहिले चर्चाको शिखरमा रहेको छ । कमल्स टिभीकाे नविनतम प्रस्तुति ” कल्पना निरकमल” सार्वजनिक भएको केही दिन मै चर्चामा रहन सफल भएको हाे । कमल दाहालकाे लय शब्दमा रामकृष्ण थापाले संगीत दिएको ” कल्पना निरकमल” मा कमल दाहाल र कल्पना दाहालकाे सुमधुर स्वरले भरिएको छ ।

विल्कुलै फरक स्वादकाे लाेक दाेहाेरी गीतको श्रव्यदृश्यमा कल्पना दाहालसँग प्रकाश तामाङ राज र राज दाहालले राेमान्स गरेका छन् । मरुभूमि नारायणकाे छायांकन रहेको भिडियोलाई संगीत बानियाँले सम्पादन गरेको छ भने भिडियोमा निरेन श्रेष्ठकाे निर्देशन रहेको छ ।

received_135445642088547
ADVERTISEMENT
received_135445642088547
ADVERTISEMENT
previous arrow
next arrow

हालै कल्पना दाहालको अफिसियल युट्युब मार्फत सार्वजनिक “कल्पना निरकमल” मा माया प्रेमका राेमान्टिक कथा रहेको छ । बिल्कुलै फरक गीत अहिलेकाे युवापुस्ताकाे सजिलै मन जित्ने खालको रहेको छ । याे नयाँ गीतबाट निकै नै अाशावादी रहेको गायक कमल दाहाल बताउँछन् ।

निकै नै मेहनत साथ गीत र भिडियो निर्माण गरेकोले लाेक पारखीले नयाँ स्वाद चाख्न पाउने गायक दाहाल बताउँछन् । अहिलेसम्म अाफुले गरेको सिर्जना भन्दा “कल्पना निरकमल” बिल्कुलै अनि पृथक रहेकोले लाेक दाेहाेरीकाे क्षेत्रमा यसले राम्रो स्थान अाेगट्ने दाहालको दाबी छ ।

भिडियाे यहाँ हेर्नुहाेला:-

चलचित्र निर्देेशक समेत रहेका दाहालले यसअघि बहिनीले गाँसेकाे फूलमाला, बिछाेड, घर पश्चिम, रेलमा रुदै गई, ब्युटि पार्लर गइछिन् माेडल बनिछिन् जस्ता दर्जनाै चर्चित लाेक दाेहारी गीत बजारमा ल्याइसकेका छन् ।

या पछिल्लो प्रस्तुति पनि उत्कृष्ट बनेकाेले दर्शक श्राेताकाे मन मुटुमा बस्नेमा दाहाल विश्वस्त छन् । सार्वजनिक भएकाे छाेटाे समय मै “कल्पना निरकमल” ले राम्रो भ्युज र प्रतिक्रिया पाउन सफल भइसकेको छ ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *