कालाेपत्रे,छात्रवृत्ति,नि:शुल्क स्वास्थ्य परिक्षण गरिने बेथानचाेक पालिकाका अध्यक्ष अधिकारीकाे निर्णय

  •   काभ्रे
  •   १० जेष्ठ २०७९, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

-गाउँपालिकाले कम्तीमा बर्षको ५ किलोमिटर सडक कालोपत्रे गर्ने
-एमबिबिएस, इञ्जिनियरिङ अन्य प्राविधिक क्षेत्रमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई २५% तथा सर्वोत्कृष्ट विद्यार्थीलाई सतप्रतिशत सम्मको छात्रवृत्तिको व्यवस्था गरिने
-६० वर्षमाथि उमेर भएका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका नवनियुक्त अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेका छन् ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष अधिकारीले गाउँपालिकाले कम्तीमा बर्षको ५ किलोमिटर सडक कालोपत्रे गर्नेसहित तीन निर्णय गरेका छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभार समेत ग्रहण गरेका उनले गाउँपालिको पहिलो निर्णयको रुपमा बेथानचोक गापाको सडक बार्षिक कम्तीमा ५ किमिका दरले सडक कालोपत्रे गर्ने, एमबिबिएस, इञ्जिनियरिङ अन्य प्राविधिक क्षेत्रमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई २५% तथा सर्वोत्कृष्ट विद्यार्थीलाई सतप्रतिशत सम्मको छात्रवृत्तिको व्यवस्था गरिने निर्णय गरिएको उनले जानकारी दिए ।

हालसम्म गाउँपालिकाभित्र १० किलोमिटरभन्दा कम कालोपत्रे सडक रहेको सो गाउँपालिकामा बेथानचोकभित्रका मुख्यभन्दा पनि अन्य गाउँ गाउँ जोड्ने सडकलाई कालोपत्र गर्न लागिएको हो । सोमबार पदग्रहणपछिको कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकको विकासका लागि सबैसँग मिलेर अघि बढ्ने बताए ।





सो अवसरमा अध्यक्ष अधिकारीले आवश्यक कानुन एवं कार्यविधी निर्माण गरि बेथानचोक गाउँपालिकामा रहेका सम्मानित ६० वर्षमाथि उमेर भएका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरिने तथा बताए ।

कार्यक्रममा अध्यक्ष अधिकारीले उपाध्यक्ष तारा राना तिमल्सिना तथा वडाध्यक्षहरु मधुसुदन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुबेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइवा र विष्णु तामाङ लगायतका सदस्यहरुले शपथ गराएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने लगायतलाई २०७४ सालमा निर्वाचित पदाधिकारीहरुलाई विदाई समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *