कम्युनिष्ट कुर्सिकाे लडाइँमा मस्त ,काेभिड अस्पताल बन्ने भयाे काग्रेंस कार्यालय

  •   काभ्रे
  •   २४ बैशाख २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

कम्युनिष्ट कुर्सिकाे लडाइँमा व्यस्त ,काेभिड अस्पताल बन्याे काग्रेंस कार्यालय

नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिने घोषणा गरेका छन्  ।

नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन ।

अहिले धेरै ठाउँहरुमा बेड नपुगेको अवस्था छ । कोरोना संक्रमितले उपचार गर्नको लागि पनि बेड पाउन सकेका छैनन् । सोहि समस्यालाई नै मध्यनजर गर्दै आफुहरुले त्यस्तो खालको निर्णय गरेको नेताहरुले बताएका छन् ।

कोभिड १९को नयाँ भेरियन्टको सक्रमण जिल्लामा समेत वढी रहेको समयमा जिल्लावासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेपाली काँग्रेस सुनसरीले आइसोलेसन संचालनको लागि पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा दिएको  छ ।  इनरुवा नगरपालिका वडा नम्बर २मा रहेको पाटी कायालर्यमा महामारीका समयमा जनताका लागि सहयोग पुगोस भनेर सुनसरी काँग्रेसले आइसोलेसन सञ्चालनका लागि इनरुवा नगरपालिकालाई उपलब्ध गराएको हो ।   नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रदेस नम्बर १का विपक्षी  दलका नेता राजिव कोइरालाले नगरप्रमुख राजन मेहतालाई दुईवटा हल रहेको पाटी कार्यालय होल्डीगं सेन्टर वा आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको वताए । उनले महामारीको समयमा जनतालाई केही सहयोग पुगोस भनेर पाटी कार्यालय नगरपालिकालाई जिम्मा दिएको र नगरपालिकाले जनताका लागि आवश्यक अनुसार प्राविधिकहरुको सहयोगमा सञ्चालन गर्ने विश्वास लिएको समेत सभापति कोइरालाले जानकारी दिए ।

जनताहरु समस्यामा पर्दा सहयोग गर्नु पर्ने पाटीको दायित्व रहेको तर्फ मध्यनजर गर्दै पाटी कार्यालय नगरपालिकालाई उपलब्ध गराएको जनाइएको छ । यस अघि पनि नेपाली काग्रेस सुनसरीले २०६५सालमा कोशीले पुर्वी तटवन्ध भत्काएको समयमा विस्थापितहरुका लागि अस्थायी वासका लागि पाटी कार्यालय उपलब्ध गराएको थियो ।

यसै विच इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफुले चढ्दै आएको सरकारी गाडि निमुखा जनताहरुका उपचारमा स्वास्थ्य संस्था सम्म लैजानका लागि उपलव्ध गराउने जानकारी गराएका छन । उनले जनताको जिउधन सुरक्षाका लागि नगरपालिकाले कुनै कसर वाकी नराख्ने वताए । सुनसरीमा दिनप्रतिदिन कोभिड १९ संक्रमितहरुको संख्या वढी रहेको छ ।

यस्तै, नुवाकोटको विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ।

यसैगरी काँग्रेस रुपन्देहीले पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ। भैरहवास्थित भीम अस्पतालको पछाडि काँग्रेस रुपन्देहीको २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन आइसोलेसन निर्माणका लागि दिने व्यवस्था मिलाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *