कबिता:-“मलाई म बन्न देऊ”/अमृता शर्मा

  •   काभ्रे
  •   १६ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कबिता:-“मलाई  म बन्न देऊ”

स्वाभिमान  भनौ या स्वार्थ  हो मलाई  म भन्दा प्यारो कोही  लाग्दैन
नारी को गुण  भन्दै  , मैले  पकाएको  चिया मा मेरो मुल्यांकन  गर्नेहरू  रत्ती मन पर्दैन
मलाई  एक बार को जिन्दगीमा  कति मुल्यांकन  मात्र गर्छौ ए समाज ,
अब त मलाई  म बन्नदेउ

म गर्भ  मै बिक्षिप्त ज्ञानि भएर  आएकी होइन ,
सधै  उचालेकै भए  म बामे सर्दै, हिड्दै,दौडिने  थिइन
त्यसैले  तिम्रो नाम, काम र प्रतिस्ठा को छाहारिमा नभुलाउ मलाई ,   मेरो सानो बगैचा मा स्व्च्छन्द भई फुल्न देउ
मलाई  अरु केही चाहिदैन , अब मलाई  म बन्न देउ

सधै  मैले  राम्रै गर्छु  र गर्नुपर्छ  भन्ने के छ र ??
मलाई   अन्धकार मा अन्दाजी  हिंड्न्  देउ,लहरा पहरा सङ जेलिन देउ,
तब त मैले  आउने दिनहरु मा आफैले दिब्य दिप बाल्न  सकु,

मेरा  लागि लहरा पहरा तोडेर अनुपम गोरेटो  खन्न  सकु,
‌  अरु के चाहिन्छ र    ,  समय समय  मा हौसला  दिए पुग्छ मलाई ,,
‌””तिमी ,तिमी जस्तै बन भनेर ।””

अमृता शर्मा

चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *