एन प्याब्सनको एसईईका विद्यार्थीलाई सचेतना

  •   काभ्रे
  •   २१ मंसिर २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

एन प्याब्सनको एसईईका विद्यार्थीलाई सचेतना

अमरकृष्ण चन्द

भक्तपुर/शैक्षिकसत्र २०७८ काे एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई नेशनल प्याव्सन भक्तपुरले सचेतना तथा मार्गनिर्देशन दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी एवं श्रोत व्यक्तिको रुपमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्र.उ शिव कुमार श्रेष्ठद्वले “लैंगिक हिंसा” सम्बन्धि सचेतना प्रदान गरेका थिए । यस्तै मानव कल्याण समाजकी अध्यक्ष एवं प्रशिक्षक सुमित्रा चौलागाईँले सकारात्मक सोचको विकास गर्नु पर्ने, आफ्ना आमाबुबा र गुरुहरुले प्रदान गरेका सतमार्ग विद्यार्थीहरु हिड्नु पर्ने बताईन् । विद्यार्थीहरुले अहिले देखि नै सही पथमा लागेर मिहिनेत गर्नु पर्ने चाैलागाईले कार्यक्रममा धारणा राखेकी थिइन् ।
यस्तै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यस प्रकारको प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरु सचेत हुने एवं सकारात्मक प्रभावले उचीत बाटो अपनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रम नेशनल प्याव्सन भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त जगाती,
मानव कल्याण समाजकाे सहकार्यमा अायाेजना गरेका थिए ।

एन प्याब्सन भक्तपुरले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हाे । कार्यक्रममा नेशनल प्याव्सन भक्तपुरका १५ वटा विद्यालयबाट करिब २६१ जना विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हाे । कार्यक्रम विद्यार्थीका लागि लाभदायक भएको एन प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले बताए ।
सचेतना एवं मार्गनिर्देशनात्मक कार्यक्रममा ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती, प्रहरी प्रभाग कटुञ्जे र सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जेको संयुक्त सहकार्यमा “लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान” अन्तर्गत भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं. ६ चुनदेबि स्थित सूर्यविनायक रिसोर्टमा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *