एन प्याब्सनकाे प्रि स्कुल शिक्षकलाई अभिमुखिकरण

  •   काभ्रे
  •   ६ चैत्र २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

एन प्याब्सनकाे प्रि स्कुल शिक्षकलाई अभिमुखिकरण

अमर कृष्ण चन्द

भक्तपुर, निजी विद्यालयहरुकाे छाता संगठन नेशनल प्याब्सन भक्तपुरले विद्यालयका पुर्व प्राथमिक तहका शिक्षकको स्तर वृद्धि गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले स्कुलकाे प्रगति हुन पुर्व प्राथमिक तह शिक्षकको स्तर बढाउन अावश्यक रहेको बताए । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयहरुका प्रि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले अायाेजना गरेकाे अभिमुखिकरण कार्यक्रममा मदरल्याण्ड स्कुल भक्तपुरका संचालक/ प्रिन्सिपल समेत रहेका अध्यक्ष खड्काले स्कुलका शिक्षकहरुको स्तर बढे मात्र स्कुलले प्रगति गर्न सक्छ भन्दै मंसिरमा राम्रो धान फलाउन असारमा धान रोपेर उचीत मलजल र गोडमेल गर्नु परे जस्तै शिक्षकहरुको लागि पनि निरन्तर क्षमता अविवृद्धिका कार्यक्रम गर्नु पर्ने बताए । खड्काले निजी विद्यालयको स्तरोन्नति भए मात्र शिक्षकहरुलाई पनि प्रोत्साहन सुविधाहरु दिन सकिने भएकाले पूर्व प्राथमिकका शिक्षकहरु नै स्कुलको शैक्षिक जग भएकाले परिस्कृत रुपमा आफ्नो विद्यालयमा कार्य गर्न हौसला दिएका थिए ।

मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्रिस्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि फिनिक्स मन्टेश्वरीसँग सहकार्य गरिएको अध्यक्ष खड्काले बताए । पूर्व प्राथमिक तहका शिक्षकहरुको क्षमता विकास गर्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अभिमुखीकरण कार्यक्रममा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले सहजीकरण गरेका थिए ।

नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्य गर्ने सम्झौता भएकोले विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने लगाएतका सम्पूर्ण कार्यमा सघाउने भएको छ ।

शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले संचालित अभिमुखीकरण कार्यक्रममा सदस्य विद्यालयका १४६ जना शिक्षक सहभागी थिए । यही चैतदेखि अाफ्ना सदस्य विद्यालयहरुमा पुर्व प्राथमिक तह स्तराेन्नती कार्यक्रम सुरु भइसकेको समेत अध्यक्ष खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *