इंगल्याण्डविरुद्धको टेष्ट खेलमा भारतिय टाेलीकाे लज्जासपद हार

  •   काभ्रे
  •   २८ माघ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

इंगल्याण्डविरुद्धको खेलमा भारतिय टाेलीकाे लज्जासपद हार

, काठमाडौं :-
इंगल्याण्डविरुद्धको पहिलो टेष्ट घरेलु टोली भारतले लज्जासपद हार व्यहोरेको छ । पाँचौ तथा अन्तिम दिन बयाटिङमा कमजोर प्रदर्शन गरेपछि भारत इंग्ल्याण्डसंग २२७ रनले पराजित भएको हो ।
भारतलाई अलआउट गर्न इंग्ल्याण्डका लागि ज्याक लिचले ४ र जेम्स एण्डरसनले ३ विकेट लिए । जोफ्रा आर्चर, डम बेस र बेन स्टोक्सले समान १ विकेट लिए ।

जितका लागि ४२० रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा १९२ रनमै अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ र ओपनर शुभमन गिलले ५० रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।
भारतले ३९-१ बाट अन्तिम दिनको खेल अघि बढाएको थियो । जसमा चेतेश्वर पुजारा थप ३ रन जोडेर व्यक्तिगत १५ रनमा आउट भए । गिलले अर्धशतक पूरा गरे ।

९२ रन हुँदा २ विकेट मात्र गुमाएको भारतले गिलको विकेट झरेपछि निरन्तर विकेट गुमायो । भारतले १०० रन जोड्न ८ विकेट गुमाएको थियो ।

चेन्नाईमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले कप्तान जोय रुटको २१८ रन मद्दतमा पहिलो इनिङ्समा ५७८ रन बनाएको थियो । भारतले भने पहिलो इनिङ्समा ३३७ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *