आयाे पनाैती मकर मेला

  •   काभ्रे
  •   ४ माघ २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

आयाे पनाैती मकर मेला

पनाैतीकाे ऐतिहासिक कुम्भ मेला १२ वर्षमा अाउने मकर मेला अाएकाे छ ।
यहि सन्दर्भमा लाेक दाहाेरी गायिका शर्मिला श्रेष्ठले पनाैती मकर मेलालाई समेटेर पृथक पनाैती मकर मेला गीतको भिडियो सार्वजनिक गरेका छन् ।
प्रत्येक १२ वर्षमा पनाैतीमा लाग्ने कुम्भ मेला मकर मेला प्रचारप्रसारका लागि श्रेष्ठले पनाैती मकर मेला गीत तयार गरेका हुन् । गीतमा पनाैती र एेतिहासिक पनाैती मकर मेलाको वर्णन गरिएको छ ।
शर्मिला र काठ क्षेत्रका चर्चित लाेक दाेहारी गायक गाेकुल राउतकाे सुमधुर स्वरले सजिएको नयाँ गीत पनौती मकर मेला सार्बजनिक भएकाे हाे । काभ्रेको पनौतीमा १२ वर्षमा लाग्ने १२ वर्षे मकर मेलालाई सन्दर्भ बनाएर तयार ‘पनौती मकर मेला’ गीत पनौती नगरपालिका र इन हाउस क्रियसनको संयुक्त सहकार्यमा निर्माण भएको हाे ।

‘पनौती मकर मेला’ गीतको म्युजिक भिडियोमा पनाैतीकाे प्राकृतिक सुन्दरतालाई समेटिएको छ । गीतमा शब्द तथा संगीत शर्मिला श्रेष्ठकै रहेको छ भने  संगीत संयोजन दिनेश लामाकाे रहेको छ ।

पनाैतीमा छायांकन गरिएको गीतको भिडियाेमा गायिका श्रेष्ठ सहित कल्याण श्रेष्ठ, कुसुम माझी, ममता घर्ती मगर, अनिशा तामाङ, राेजिना तामाङ, नम्रता लामा, पाेलिष्था  महर्जन, सबिना नेपाली, निमा तामाङ, शाेभा दाहाल, दिनेश लामा, अाशा डाेल्मा शेर्पा लगायत फिचर्ड छन् । म्युजिक भिडियाेमा सुरेश श्रेष्ठकाे छायाँकन, भिमसेन अधिकारीकाे निर्देशन रहेकाे छ । फाेके मिडिया नेपालकाे सम्पादन रहेको भिडियोकाे काेरियाेग्राफी अमर कृष्ण चन्दले गरेका छन् ।

चर्चित कार्यक्रम  इन्द्रेणीमा समेत अावद्ध श्रेष्ठको काभ्रेको पनौती मकर मेलालाई चिनाउने मुख्य उदेश्य रहेको गीतको म्युजिक भिडियो गायिका श्रेष्ठको अाफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । काभ्रेको पनौतीमा हुने मकर मेला लाई चिनाउन तथा प्रचार प्रसारमा मद्दत पुगाेस भन्ने हेतुले गीत तयार गरिएको गायिका श्रेष्ठ बताउँछिन् ।

भिडियाे यहाँ हेर्नुहाेस:-

भिडियोमा पनौती स्थित मकर मेलामा रहने धार्मिक स्थलहरु समेत देखाईएको छ।
गीत र भिडियो उत्कृष्ट बनेकाेले दर्शक श्राेताकाे मन जित्ने र पनाैती मकर मेला एेतिहासिक रुपमा सफल हुने गायिका श्रेष्ठको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *