आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ?

  •   काभ्रे
  •   २८ श्रावण २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं श्रावण २८ गते
राजेश तिमल्सिना

आत्महत्या के हाे ?

सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।
आजको समयलाई नियालेर हेर्दा आत्महत्या यौटा विकराल सामाजिक समस्या हुन पुगेको छ । विभिन्न कारणले निम्ताउने मानसिक जटिलता, डिप्रेसन, आर्थिक सामाजिक तनाव र मानिसहरूले भोगेका अन्य विभिन्न किसिमका रोगहरुको सामना गर्न नसकेको अवस्थामा उसले संसार बाट स्वैच्छीक बिदाइ लिनु आत्महत्या हो भनेर मान्नुपर्ने अवस्था देखिएको छ ।
संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत ८ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।
१५ देखि २० प्रतिशत डिप्रेसनका रोगीहरूले आत्महत्याको प्रयास गर्छन् ।

आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ?

डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन्
आत्महत्या गर्ने कारणहरुमा गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरू आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ती वा अपराध बोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरू आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ । तर हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ समस्या समाधान हुँदैन । अत: समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात् आत्महत्याको बाटो रोज्ने छैनन् ।

मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् । गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि । परीक्षामा असफलता । प्रेममा बिछोड तथा असफलता । कष्टदायक वैवाहिक जीवन । अवैध गर्भ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *