अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक प्रहरीलाई ५ हजार मास्क हस्तान्तरण

  •   काभ्रे
  •   २५ भाद्र २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक प्रहरीलाई ५ हजार मास्क हस्तान्तरण गरेको छ ।

साथै, नाडाले मास्क हस्तान्तरणसँगै ट्राफिक सचेतना अभियानसमेत सञ्चालन गरेको छ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्मालाई नाडाका अध्यक्ष कष्णप्रसाद दुलालले मास्क हस्तान्तरण गरेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाकै सहकार्यमा नाडाले काठमाडौंमा ट्राफिक सचेतना अभियान समेत सञ्चालन गरेको छ।

नाडाले ट्राफिक प्रहरीलाई १० हजार थान स्टिकर पनि हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने लगायतको जनचेतनामूलक काममा लागी परेको छ।

यस क्रममा ट्राफिक प्रहरीलाई मास्क खै ? लेखिएको ब्यानरसमेत प्रहरीलाई दिइएको छ ।

ट्राफिक व्यवस्थापन सहज बनाउन नाडाले हरेक वर्ष सामाजिक उत्तर दायित्वभित्र रहेर सहयोग गदै आएकाले त्यसैको निरन्तरता स्वरूप मास्क र ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको नाडाका अध्यक्ष दुलालले बताए ।

अभियानमा हर्न निषेध, ट्राफिक नियमपालना गरौँ लगायतको स्टिकर सवारी साधनमा टाँसिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले मास्क लगाउनका लागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाइरहेको बताए ।

उनले यो अभियानले ट्राफिक व्यवस्थापनमा महत्वपूण भूमिका खेलेको र नाडाबाट निरन्तर यस्तो सहयोग भइरहेको बताए । उनले कोरोना महामारी नियन्त्रण नभएकाले आमनागिरक तथा सवारी चालकहरूले मास्कको अनिवार्य प्रयोग गर्न समेत आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाउन र अनिवार्य रुपमा मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *