९ सय ८० किलोको ट्याङ्कीमा ग्यास खन्याउने क्रममा ग्यासकाे ट्याङ्की पड्कियाे ,३ जना घाइते /बनेपा

  •   काभ्रे
  •   २४ पुष २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

पुस २४ गते

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–१३ भाेसिपाटि स्थित गौरीशंकर ग्यास उद्योग(हिमाल)मा ग्यास  सिलिन्डर पड्किदा ३ जना घाईते भएका छन् ।

ग्यास लिक भएको सिलिण्डरबाट रिजर्भ राख्ने ९ सय ८० किलोको ट्याङ्कीमा ग्यास खन्याउने क्रममा ट्याङ्की पड्किएको इलाका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार ग्यासको ट्याङकी पड्कदा ती जना घाईते भएका छन् । घाइते मध्ये बर्ष ५५ का लोकबहादुर खड्का गम्भिर घाईते भएर  शिरमेमाेरियल अस्पताल  बनेपाबाट रिफर गरि किर्तिपुर  बर्न हस्पिटल लगिएकाे छ भने   भने ४७ बर्षका साईला भुजेल र ४२ बर्षका कुमार भुजेललाई सामान्य उपचारपछि शिर मेमोरियल अस्पतालबाट डिस्चार्ज गरि घर पठाईएकाे छ।

Slider

Leave a Reply

Your email address will not be published. Required fields are marked *