अबैध लागु औषध गांजा खेती फंडानी
धादिङ ईलाका प्रहरी कार्यलय गरूरीले अबैध रूपमा सञ्चालन गरेकाे लागू अाैषध गांजा खेति फडानी गरेकाे छ ।

२०७७कार्तिक १७ गते बिहान ०७:३० बजेको समयमा जिल्ला धादिङ गजुरी गाउपालिका वार्ड नं ४ अर्चले मा ईलाका प्रहरी कार्यालय गजुरीबाट कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक युबराज खड्काको कमाण्डमा प्रहरी निरिक्षक . भोजराज पाण्डेय लगायत २२ जनाको प्रहरी टोली खटि गई अन्दाजी ७०/८० रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाएको अबैध लागु औषध गांजा खेती फंडानी गरिएकाे नायव उपरिक्षक खड्काले जानकारि दिनु भयाे ।
फंडानी गरिएको सो गांजा आगो लगाई नष्ट समेत गरिएको प्रहरी निरिक्षक भाेजराज पाण्डेयले जनाएका छन।